आईसीएफसी फाइनान्सले घोषणा गर्यो लाभांश

काठमाडौं । आईसीएफसी फाइनान्सले लाभांश घोषणा गरेको छ । कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको हो ।
मंसिर २२ गते बसेको संचालक समितिको बैठकले हाल कायम चुक्ता पूँजीको ६.५० प्रतिशतका दरले नगद लाभांश बाड्ने निर्णय गरेको छ ।
अब उक्त प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात वितरण हुनेछ ।