काठमाडौं उपत्यकामा १५९ सहित ६८१ जनामा कोरोना पुष्टि, थप ६ जनाको मृत्यु « Arthapath.com
६ असार २०८२, शुक्रबार

काठमाडौं उपत्यकामा १५९ सहित ६८१ जनामा कोरोना पुष्टि, थप ६ जनाको मृत्यु



काठमाडौं । नेपालमा थप ६८१ जनामा कोरोना भाईरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ६८१ जनामा कोरोना संक्रमण देखिएको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ११ हजार ५२२ जनाको परीक्षण गर्दा ६८१ जनामा संक्रमण देखिएको हो । नेपालमा कुल कोरोना संक्रमितको संख्या २८ हजार ९३८ पुगेको छ ।

त्यस्तै काठमाडौं उपत्यकामा १३९ जनामा कोरोना पुष्टि भएको छ । पछिल्लो २४ घण्टा ६ जनाको मृत्यु भएको छ ।


प्रतिक्रिया दिनुहोस्