लाभांश पारितका लागि मञ्जुश्री फाइनान्सले पुष २६ गते बोलायो साधारण सभा

काठमाडौँ । मञ्जुश्री फाइनान्स लिमिटेडले १६औं वार्षिक साधारण बोलाएको पुष २६ गतेका लागि बोलाएको छ । कम्पनीले लाभांश प्रस्ताव पारितका लागि सभा आव्हान गरेको हो ।
सभाले हाल कायम चुक्ता पूँजीको ५.२६३ प्रतिशतका दरले हुन आउने ७ करोड ११ लाख ३२ हजार २२६ रुपैयाँ ४३ पैसा बराबरको नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ ।
सभाले गत आर्थिक वर्ष २०७९।८० को वासलात, नाफा–नोक्सान र नगद प्रवाहमाथि छलफल गरी पारित गर्नुका साथै चालु आर्थिक वर्षका लागि लेखापरीक्षक नियुक्त गरी पारिश्रमिक निर्धारण गर्ने लगायतका एजेण्डा पनि राखिएको छ ।
साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ फाइनान्सले पुष ११ गते बुकक्लोज गर्ने भएको छ।