सुनको मुल्यमा गिरावट, सुन एकै दिन तोलामा १६ सयले घट्यो « Arthapath.com
६ असार २०८२, शुक्रबार

सुनको मुल्यमा गिरावट, सुन एकै दिन तोलामा १६ सयले घट्यो



काठमाडौं । कोरोना भाईरसले विश्व बजार सुनसान छ । सबै यतिवेला त्रसित बनेका छन् । तर कोरोना भाईरस महामारीको समयमा पनि सुनले बजारलाई तताईर रहेको छ ।

सुनको मुल्यमा दैनिक उतार चढाव भईरहेको छ । बुधबार स्थिर रहेको सुनको मुल्य विहिबार एकै दिन तोलामा १६ सय रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

विहिबार सुन प्रति तोला ९८ हजार ८ सयमा कारोबार भइरहेको महासंघले जनाएको छ । यस अघि सोमबार र मंगलबार सुन १ लाख ४ सयमा कारोबार भएको थियो ।

त्यस्तै विहिबार तेजावी सुनको मुल्य प्रति तोला ९८ हजार ३ सयमा कारोबार भइरहेको छ । महासंघका अनुसार विहिबार चाँदी प्रतितोला १५ रुपैयाँले घटेर १ हजार ३६० मा कारोबार भइरहेको छ ।


प्रतिक्रिया दिनुहोस्