बाराही हाइड्रोपावरले शतप्रतिशत हकप्रद निष्कासन गर्ने, बोलायो एजिएम - Arthapath.com Arthapath.com
६ श्रावण २०८३, बुधबार

बाराही हाइड्रोपावरले शतप्रतिशत हकप्रद निष्कासन गर्ने, बोलायो एजिएम



काठमाडौँ । बाराही हाइड्रोपावर पब्लिक लिमिटेडले आठौं वार्षिक साधारण सभा पुष २९ गतेका लागि बोलाएको छ । सभा ललितपुरको धोबिघाटस्थित सिद्धार्थ कटेज रेस्टुरेन्ट एण्ड बार प्रा.लि.मा बिहान १०ः३० बजे बस्ने गरी आव्हान गरेको हो ।

सभाले अधिकृत र जारी पूँजी वृद्धि गर्ने र हाल कायम चुक्ता पूँजीको शतप्रतिशत हकप्रद सेयर निष्कासन गर्ने प्रस्ताव पारित गर्नेछ । सभामा संचालक समितिको वार्षिक प्रतिवेदन माथि छलफल गरी पारित गर्नुका साथै आर्थिक वर्ष २०७९।०८० को लेखापरीक्षण सहितको वासलात, नाफा, नोक्सान हिसाब र नगद प्रवाह लगायतको वित्तीय विवरणहरु पारित गर्ने एजेण्डा रहेको छ ।

साथै, चालु आर्थिक वर्ष २०८०।०८१ का लागि लेखापरीक्षकको नियुक्ति र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव समेत सभाको कार्य सूचीमा समावेश भएको छ । साधारण सभा प्रयोजनको लागि कम्पनीले पुष २० गते बुक क्लोज गर्ने भएको छ ।


प्रतिक्रिया दिनुहोस्