८ श्रावण २०८३, शुक्रबार

एभरेष्ट बैंकको १ करोड ६ लाख कित्ता बोनस सेयर नेप्सेमा सूचीकृत, कारोबार कहिलेदेखि ?



काठमाडौं । एभरेष्ट बैंकको बोनस सेयर नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचकिृत भएको छ। बैंकको १ करोड ६ लाख ९८ हजार ९४ दशमलव ४४ कित्ता बोनस सेयर नेप्सेमा सूचीकृत भएको हो ।

बैंकले गत वर्षको नाफाबाट आफ्ना सेयरधनीलाई १० प्रतिशत सेयर वितरण गरेको छ । सोही वितरण गरिएको बोनस सेयर सोमबार नेप्सेमा सूचीकरण गरिएको हो । अब उक्त सेयर सम्वन्धित सेयरधनीहरुको हितग्राही खातामा जम्मा भएपछि कारोबार गर्न सकिनेछ ।


प्रतिक्रिया दिनुहोस्