शुक्रबार सुनको मूल्य स्थिर, चाँदीमा सामान्य वृद्धि

काठमाडौँ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार सुनको मूल्य स्थिर रही प्रतितोला ९८ हजार ८ सयमा कारोबार भइरहेको छ ।
यस्तै शुक्रबार तेजावी सुनको मुल्य प्रति तोला ९८ हजार ३ सयमा कारोबार भइरहेको छ ।
शुक्रबार, चाँदी भने तोलामा १० रुपैयाँले बढेर प्रतितोला १ हजार ३७० मा कारोबार भइरहेको महासंघले जनाएको छ ।
बुधबार स्थिर रहेको सुनको मुल्य विहिबार एकै दिन तोलामा १६ सय रुपैयाँले घटेको थियो ।
विहिबार सुन प्रति तोला ९८ हजार ८ सयमा कारोबार भएको थियो । यस अघि सोमबार र मंगलबार सुन १ लाख ४ सयमा कारोबार भएको थियो ।
त्यस्तै विहिबार तेजावी सुनको मुल्य प्रति तोला ९८ हजार ३ सय रुपैयाँ रहेको थियो । महासंघका अनुसार विहिबार चाँदी प्रतितोला १५ रुपैयाँले घटेर १ हजार ३६० मा कारोबार भएको थियो ।