प्रांगारिक कृषि प्रवद्र्धनका लागि छुट्टै परिषद्को माग « Arthapath.com
२२ असार २०८२, आईतबार

प्रांगारिक कृषि प्रवद्र्धनका लागि छुट्टै परिषद्को माग



काठमाडौं । खाद्यका लागि कृषि अभियानले कृषि तथा पशुपंक्षी विकास मन्त्री घनश्याम भुसाललाई रासायनिक मल आपूर्तिमा समस्या हुने हुँदा प्रांगारिक कृषि प्रवद्र्धनका लागि छुट्टै परिषद्को माग गरिएको छ ।

मन्त्रालयले २०७५ पुस ३० गते प्रांगारिक कृषि प्रवद्र्धन सम्बन्धि उच्चस्तरिय कार्यदलले गरेको प्रांगारिक प्रवद्र्धनलगायतका प्रांगारिक कृषिका लागि गर्नु पर्ने सुझाव पेश गरेको छ ।

एकै पटक सबैतिर प्रांगारिक सम्भव छैन तर विस्तारै प्रांगारिकमा जाने कार्ययोजना बनाउन ढिलाइ भइसकेकाले वर्षेनी रासायनिक मल नपाएको गुनासो गर्न किसान बाध्य भएको अभियानका संयोजक तथा तत्कालीन प्रांगारिक कृषि सम्बन्धि कार्यदलका सदस्यसमेत रहेका उद्धव अधिकारीले बताए । यसका लागि मन्त्रालयले नै गठन गरेको कार्यदलको सुझाव कार्यान्वयनका लागि ध्यानाकर्षण गराएका उनले बताए ।


प्रतिक्रिया दिनुहोस्