पूर्वप्रधानमन्त्री माधव नेपालको सुरक्षामा खटिएका ९ प्रहरीमा कोरोना संक्रमण - Arthapath.com Arthapath.com
५ श्रावण २०८३, मंगलबार

पूर्वप्रधानमन्त्री माधव नेपालको सुरक्षामा खटिएका ९ प्रहरीमा कोरोना संक्रमण



काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का वरिष्ठ नेता माधवकुमार नेपालको सुरक्षामा खटिएका ९ जना प्रहरीमा कोरोना संक्रमण पुष्टि भएको छ ।

बरिष्ठ नेता नेपालका परिवार सदस्य र उनको सुरक्षामा खटिएका सुरक्षाकर्मीको बिहीबार स्वाब संकलन गरी परीक्षण गरिएकोमा २ जना जनपद प्रहरी र ७ जना सशस्त्र प्रहरीमा कोरोना संक्रमण देखिएको हो ।

कोरोना संक्रमण पुष्टि भएका उनीहरुलाई आइसोलेसनमा राखिएको छ ।


प्रतिक्रिया दिनुहोस्