सहकारी अपलचनमा १९ जना दोषी ठहर « Arthapath.com
२६ असार २०८२, बिहीबार

सहकारी अपलचनमा १९ जना दोषी ठहर



काठमाडौँ । बाँके जिल्ला अदालतले सहकारी वित्तीय संस्था, नेपालगञ्जको अपचलन मुद्दामा दोषी ठहरिएका १९ जनालाई अधिकतम कसुरर सजाय र जरिवाना तोकेको छ । कसुर ठहर हुनेमा सहकारीका तत्कालीन सञ्चालक समिति र कर्मचारी छन् ।

अदालतका न्यायाधीश इन्द्रबहादुर कठायतको इजलासले १९ जनालाई एक वर्षदेखि पाँच वर्षसम्म कैद सजाय, ५० हजारसम्म जरिवाना गर्ने बिहीबार फैसला गरेको हो। उनका अनुसार अदालतले साबिकको मुलुकी ऐन ठगीको महलका साथै मुलुकी अपराधसंहिता २०७४ बमोजिम अभियुक्तहरुबाट बिगो भराउने, जरिवाना गर्ने र कैद सजाय गर्ने आदेश गरेको छ ।

अदालतले सहकारीको रकम हिनामिनामा संलग्न मुख्य अभियुक्त कर्जा फाँटका प्रमुख अरुण पाठकबाट २४ करोड ९१ लाख बिगो भराई पाँच वर्ष कैद र ५० हजार जरिवाना गर्ने आदेश दिएको छ ।


प्रतिक्रिया दिनुहोस्