विश्वभर कोरोनाबाट मृत्यु हुनेको संख्या ८ लाख पुग्यो, हरेक १५ सेकेण्डमा १ जनाको मृत्यु
काठमाडौं । कोरोना भाईरसका कारण २४ घण्टामा करिव ६ हजार जनाको मृत्यु हुने गरेको छ । हरेक २४ घण्टामा ५ हजार ९०० जनाको मृत्यु भइरहेको समाचार एजेन्सी रोयटर्सले जनाएको छ ।
रोयटर्सका अनुसार शुक्रबारसम्म लिइएको पछिल्लो २ साताको आँकडाका आधारमा यो नतिजा निकालिएको हो भने १ घण्टामा २ सय ४६ र प्रति १५ सेकेण्डमा १ व्यक्तिको मृत्यु भइरहेको छ ।
जोन्स हापकिन्स विश्वविद्यालयका अनुसार विश्वभर कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ८ लाख पुगेको छ । सबैभन्दा धेरै अमेरिकामा १ लाख ७५ जनाको मृत्यु भएको छ । त्यसपछि ब्राजिल, मेक्सिको, भारत र ब्रिटेनमा मृत्यु भएको छ ।