नेशनल लघुवित्तका १० जना संस्थापकको सेयर बिक्रीमा, सर्वसाधारणले खरिद गर्ने मौका « Arthapath.com
११ असार २०८२, बुधबार

नेशनल लघुवित्तका १० जना संस्थापकको सेयर बिक्रीमा, सर्वसाधारणले खरिद गर्ने मौका



काठमाडौं । नेशनल लघुवित्त वित्तीय संस्थाका करिब एक दर्जन संस्थाप सेयरधनीहरुले ६३ हजार बढी कित्ता सेयर बिक्री गर्ने भएका छन् ।

कम्पनीका १० जना संस्थापकहरुले आफ्नो नाममा रहेको संस्थापक सेयर बिक्री गर्न लागेका हुन् । कम्पनीका संस्थापक लक्ष्मी प्रसाद सिटौला १६ हजार ५११ कित्ता, कृष्ण प्रसाद खरेलको १० हजार, तोशल कुमार दाहालको ८ हजार, कमल बहादुर बस्नेतको ७ हजार, महेन्द्र प्रसाद चुडाल र डिक बहादुर पाण्डेको ५/५ हजार कित्ता सेयर बिक्री गर्न लागेका हुन् ।

यस्तै, संस्थापक प्रकाश अर्यालको नाममा रहेको ४ हजार कित्ता, तारादेवी गुरुङको ३ हजार ७९४ कित्ता, टिका बहादुर बाकावालको २ हजार १०० र टठ बहादुर पाण्डेको १ हजार ८३७ कित्ता सेयर बिक्री गर्न लागेका हुन् ।

उक्त सेयर खरिद गर्न इच्छुक अन्य सर्वसाधारणहरुले आवेदन दिन सक्नेछन् । यसअघि कम्पनीले ३५ दिने सूचना प्रकाशित गरि विद्यमान संस्थापकहरुलाई प्राथमिकता दिई सेयर बिक्रीमा ल्याएको थियो । तर, संस्थापकहरुबाट आवेदन नपरेपछि सर्वसाधारणहरुमा बिक्री खुला गरेको हो। उक्त सेयर खरिदका लागि भने १० दिनभित्र आवेदन दिनसक्नेछन् । अवोदन भने कम्पनीको केन्द्रिय कार्यालय बनेपा १०, काभ्रेपलाञ्चोकमा पेश गर्नुपर्नेछ ।


प्रतिक्रिया दिनुहोस्