निषेधाज्ञामा २१ अंकले बढ्यो सेयर बजार, सोमबार २ अर्बको कारोबार

काठमाडौं । काठमाडौं उपत्यकामा निषेधाज्ञा जारी छ । यस्तो अवस्थामा पनि सेयर बजारमा भने बढिरहेको छ । सोमबार नेप्से २१.११ अंकले बढेको छ । सोमबार साताके दोस्रो दिन सेयर बजार बढ्नुका साथै २ अर्वभन्दा बढीको कारोवार भएको छ ।
सेयर बजार दोहोरो अंकले बढेको नेपाल स्टक एक्सचेन्ज नेप्सेले जनाएको छ । सोमबार सेयर परिसूचक २१.११ अंकले बढेर १४ सय ३१ अंकले बढेको छ । बजार बन्द हुँदा पनि नेप्से १.५० प्रतिसतले बढेको छ ।
कुल १८२ ओटा कम्पनीको ४९ लाख १९ हजार ४५९ कित्ता खरिद बिक्रि हुँदा २ अर्व १३ करोड ६६ लाख ४७ हजार ७६८ को कारोबार भएको छ । सोमबार होटेलका सेयर घटेको भए पनि अन्य सबै समूहका सूचक बढेका छन । सोमबार सबैभन्दा धेरै जीवन बिमा समूहको सूचक १६२.८७ अंकले माथि लागेको छ ।
खरिदबिक्री रकममा नेपाल पुनर्बिमा कम्पनीको १९ करोड ३७ लाख रुपैयाँभन्दा बढीको कारोबार भएको छ । यसैगरी, दोस्रोमा नेपाल लाइफ इन्सुरेन्स र तेस्रोमा नेको इन्सुरेन्स परेको छ ।