वाणिज्य बैंकको अध्यक्ष बने उपप्रधानमन्त्रीका सम्धी कोइराला

काठमाडौं । राष्ट्रिय बाणिज्य बैंकको अध्यक्षमा उपप्रधान तथा रक्षामन्त्री इश्वर पोखरेलका सम्धी नियुक्त भएका छन । उपप्रधानमन्त्री पोखरेलको प्रेसरका प्रा. डा उपेन्द्र कोइरालाले नियुक्ती पाएका छन ।
अर्थमन्त्री डा. युवराज खतिवडाले आफ्नै क्याविनेटका सिनियर मन्त्रीका सम्धीलाई वाणिज्य बैंकको संचालकमा नियुक्ती दिएका हुन । मध्य पञ्चीमाअञ्चल विश्वविद्यालयका उपकुलपतीसमेत भैसकेका प्रा. डा. उपेन्द्र कोइरालाको छोरी पोखरेलका छोराले विवाह गरेका हुन । कोइराला विराटनगरका हुन ।
कोइरालालाई वाणिज्य बैंकको संचालकमा नियुक्ती गरिएको अर्थसचिव शिशिर ढुङ्गानाले बताए । राष्ट्रिय वाणिज्य बैंकको बुधबार बोर्ड बैंठक बसी कोइरालालाई अध्यक्ष चुन्ने कार्यक्रम रहेको वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत किरण कुमार श्रेष्ठले बताए ।
कोइराला नेपाल आयल निगमको कार्यकारी निर्देशक तथा उच्च माध्यामिक शिक्षा परिषदको उपाध्यक्षसमेत भैसकेका व्यक्ति हुन । शिक्षा क्षेत्रका कोइरालालाई सरकारले वित्तिय क्षेत्रमा नियुक्ती दिएको हो ।
यसअघि वाणिज्य बैंकको अध्यक्ष रहेका निर्मलहरी अधिकारीलाई सरकारले राजश्व वोर्डको सदस्यमा नियुक्त गरेपछि बाणिज्य बैंकमा अध्यक्ष खालि रहेको थियो ।