कर्णाली प्रदेशको ‘बैंक खाता छोरीको, शुरक्षा जिवन भरीको’ कार्यक्रममा नविल बैंकले ५ सय छात्रालाई दियो ५ लाख « Arthapath.com
७ असार २०८२, शनिबार

कर्णाली प्रदेशको ‘बैंक खाता छोरीको, शुरक्षा जिवन भरीको’ कार्यक्रममा नविल बैंकले ५ सय छात्रालाई दियो ५ लाख



काठमाडौं । हाम्रो समाजमा छोरीलाई शिक्षाबाट बन्चित गर्ने र घरको काममा लगाउने पुरानै चलन हो । अहिलेपछि दुर्गम क्षेत्रका दुरदराजमा छोरालाई स्कुल पठाउने र छोरीलाई घरको काम लगाउने चलन छ ।

शहरमा छोराछारी बराबरी भनिएपनि दुर्गम क्षेत्रमा त्यस्तो छैन । त्यसैले कर्णली प्रदेश सरकारले बैंक खाता छोरीको, शुरक्षा जिवन भरीको भन्ने कार्यक्रमनै ल्यायो । प्रदेश सरकारले प्रत्येक घरमा छोरी जन्मिएपछि मासिक ५ सयका दरले वार्षिक ६ हजार दिने गरेको कर्णली प्रदेश सामाजीक विकास मन्त्रालयका सचिव लोकनाथ पौडेलले बताए ।

कर्णाली प्रदेश सरकारले जसको घरमा छोरी जन्मिन्छ उसले जन्मदर्ता गरेपछि २० वर्षसम्म मासिम ५ सयका दरले पाउने गरेको सचिव पौडेल बताउँछन । प्रदेश सरकारको लोकोप्रिय यस कार्यक्रमको लागी नविल बैंक पनि सहकार्य गरेको छ । नविल बैंककले प्रदेश सरकारले घोषणा गरेको भन्दा डवल अर्थात प्रति छोरीलाई एक पल्ट १ हजारको दरले दिने गरेको छ ।

नविल बैंककले हालसम्म ५ सय छोरीलाई १ हजारका दरले ५ लाख रकम दिईसकेको बैंकका सूचना अधिकृत कृष्ण सुवेदीले बताए । बैंकको सामाजीक उत्तदायित्व अन्र्तगत सो रकम दिएको हो । यस्तो कार्यक्रम अन्य प्रदेशमा पनि सुरु गरिने नविल बैंकका प्रमुख कार्यकारी अधिकृत अनिलकेशरी शाहले बताए । नविल बैंकले नारीको लागी उल्लेख्य काम गरेको भन्दै सीईओ शाहले भने हामीले अझै यस्तो कार्यक्रम विस्तार गरिने बताए ।

कर्णाली पिछडिएको क्षेत्र हो । यस्तो क्षेत्रमा बैंककले छोरी जन्मेपछी निशुल्क खाता खोली रु १ हजार नगद खातामै राखिदिने व्यवस्था गरेको छ । गतवर्षबाट यो कार्यक्रम सुरुभएपनि निकट भविष्यमा विस्तार गर्दै लगीने बैंकका सीईओ शाहले बताए ।

गत फागुन २३ गतेदेखी यो अभियान सुरु गरेको नविल बैंकले लकडाउनका कारण प्रभावित बनेको थियो । देशमा सहज परिस्थीति बनेमा यो कार्यक्रमलाई निरन्तरता दिने अभियान बैंकको रहेको छ । बैंककले प्रदेश सरकारको सहयोमा १ हजार थपेर सहकार्य गरेको बैंकका प्रमुख कार्यकारी अधिकृत शाहले बताए ।

कर्णाली प्रदेशमा पिसिआर मेसिन खरिद गर्न २८ लाख २५ हजार सहयोग गरेको थियो । त्यसैगरी नविल बैंककले गत भाद्र १ गते केन्द्र सरकारलाई ६ करोड कोरोना नियन्त्रण तथा रोकथामको लागी हस्तान्तरण गरेको थियो ।


प्रतिक्रिया दिनुहोस्