यस्तो छ भदौ १६ गतेदेखि हुने अन्तर्राष्ट्रिय हवाई उडान तालिका « Arthapath.com
१० भाद्र २०७७, बुधबार

यस्तो छ भदौ १६ गतेदेखि हुने अन्तर्राष्ट्रिय हवाई उडान तालिका



काठमाडौं । भदौ १६ गतेदेखि शुरु हुने अन्तर्राष्ट्रिय उडानको तालिका सार्वजनिक गरिएको छ ।

भदौ १६ गते अर्थात् सेप्टेम्बर १ तारिखदेखि असोज १४ गते अर्थात् सेप्टेम्बर ३० तारिखसम्मका लागि ६० वटा उडान गर्ने तालिका बनाएको र २७ वटा चार्टर उडान हुने पर्यटन मन्त्रालयले जानकारी दिएको छ ।

नियमित उडानतर्फ विदेशी एयरलाइन्समा मालिन्दो, कतार एयर, टर्किस एयर, क्याथे ड्रयागन, कोरियन एयर, चाइना साउर्दन, एयर चाइना, एयर अरेयिबा, फ्लाइ दुबई लगायतका १० वटा एयरलाइन्सले उडान अनुमति पाएका छन् ।

त्यसैगरी नेपाल एयरलाइन्सले जापान, मलेसिया, हङकङ उडान गर्नेछ भने हिमालय एयरलाइन्सले चीनको छोङकुइन मलेसिया र आबुधावीमा उडान गर्नेछ । त्यसैगरी चार्टर उडानमा माल्दिभ्स, दोहा, कुवेत, जेद्दा, दमाम र रियादमा हुनेछ । चार्टर उडान नेपाल एयरलाइन्स, हिमालय एयरलाइन्स, कता एयरवेज, जजिरा, सलाम एयरले गर्ने पर्यटनमन्त्री योगेश भट्टराईले जानकारी दिए ।

त्यस्तै सरकारले आन्तरिक उडान सुरु गर्ने तयारी थालेको छ । यद्यपी पहिलो चरणमा आन्तरिक उडान भने काठमाडौंबाट हिमाली र पहाडी भेगका विमानस्थलमा मात्र हुने भएको छ ।

सो प्रयोजनका लागि निजी क्षेत्रका वायुसेवा कम्पनीसँग छलफल थालिएको संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले जानकारी दिए ।


प्रतिक्रिया दिनुहोस्