मल्टीपर्पस फाइनान्स क्रसबोर्डर व्यवसायिक सम्झौता गर्नेमा पहिलो « Arthapath.com
२१ असार २०८२, शनिबार

मल्टीपर्पस फाइनान्स क्रसबोर्डर व्यवसायिक सम्झौता गर्नेमा पहिलो



काठमाडौं । मल्टीपर्पस फाइनान्स र फोनपे नेटवर्कबीच क्रसबोर्डर व्यवसायिक सेवामा सम्झौता भएको छ । चैत्र १५ गते फाइनान्स र नेटवर्कबीच क्रसबोर्डर सेवा सम्झौता भएको हो ।

फाइनान्स कम्पनीहरुमा आफ्ना सेवा ग्राहीहरुलाई यस्तो सेवा प्रदान गर्ने मल्टीपर्पस फाइनान्स पहिलो बनेको छ । सम्झौतामा फाइनान्सको तर्पmबाट नायव महाप्रवन्धक प्रदीप कुमार सिंह र फोन पे नेटवर्कको तर्पmबाट प्रदेश प्रमुख पशुपति मिश्रले क्रसबोर्डर व्यवसायिक भुक्तानीको सम्झौता गरी सेवाको सुरुवात गरिएको छ ।

यस सेवा अन्तर्गत पहिलो चरणमा वित्तीय संस्था मार्फत क्यूआर भुक्तानी सेवा लिएका सेवाग्राहीहरुले व्यवसायहरुमा कारोवार गर्दा हाललाई भारतीय यूपिआई अन्तर्गतका बिएचआइएम तथा फोन पेएप मार्फत यो सेवा नेपालस्थित मल्टीपर्पस फाइनान्सको फोनपे क्यूआरमा प्रयोग गर्न सकिने छ ।


प्रतिक्रिया दिनुहोस्