ट्रंक तथा डेडिकेटेड लाइनको २१ अर्ब ८८ करोड बक्यौता असुल गर्नुः महालेखा « Arthapath.com
१४ जेष्ठ २०८१, सोमबार

ट्रंक तथा डेडिकेटेड लाइनको २१ अर्ब ८८ करोड बक्यौता असुल गर्नुः महालेखा



काठमाडौं । यो वर्षमा विद्युत महसुल बक्यौता साढे १० प्रतिशत वृद्धि भएको छ । महालेखा परीक्षकको ६१औं वार्षिक प्रतिवेदन २०८१ ले यस्तो देखाएको हो ।

यो वर्ष विद्युत महसुल बक्यौता १०.४८ प्रतिशत बढेर ४४ अर्ब ३२ करोड रुपैयाँ पुगेको कार्यालयको प्रतिवेदनमा उल्लेख छ ।
उक्त रकममध्ये ट्रंक तथा डेडिकेटेड लाइनतर्फको ६२ ग्राहकबाट असुल हुनुपर्ने २१ अर्ब ८८ करोड रुपैयाँ रहेको छ । सो रकम कुल बक्योताको ४९.३६ प्रतिशत देखिन्छ ।

साथै सडक बत्तीको ६ अर्ब २ करोड असुल हुनुपर्ने देखिएको कार्यालयले जनाएको छ । सडक बत्तीको बक्यौतामध्ये १ अर्ब ७९ करोड काठमाडौं महानगरपालिकाको बक्यौता रहेको छ । बक्यौता रकम असुल गर्ने एवं ट्रंक तथा डेडिकेटेड बक्यौता सम्वन्धी आवश्यक समन्व्य गरि असुल गर्नुपर्ने प्रतिवेदनमा उल्लेख छ ।


प्रतिक्रिया दिनुहोस्