नाफामा मञ्जुश्रीले टप्यो: गोर्खाजलाई पच्छ्याउँदै आइसीएफसी, घाटामा चलिरहेका कम्पनी कुन-कुन हुन् ?

काठमाडौं । फाइनान्स कम्पनीहरु समग्रमा नोक्सानीमै देखिएका छन् । बढ्दो खराब कर्जाले कम्पनीहरुको अवस्थामा खास सुधार हुन सकिरहेको छैन् ।
हाल संचालनमा रहेकामध्ये आठ वटा फाइनान्स कम्पनी नोक्सानीमै छन् । तर, ९ वटा मात्रै नाफामा देखिएका हुन् । नेपाल राष्ट्र बैंकले उपलब्ध गराएको तथ्याङ्कले यस्तो देखाएको हो । १७ वटा फाइनान्स समग्रमा ६९ करोड २६ लाख रुपैयाँ घाटामा छन् ।
नाफामा मञ्जुश्री फाइनान्सले टपेको छ । १० महिनामा मञ्जुश्रीले २० करोड ४२ लाख रुपैयाँ बढी नाफा कमाएको छ । नाफाको आधारमा दोस्रो सूचीमा गोर्खाज फाइनान्स छ । गोर्खाजले वैशाखसम्ममा ६ करोड ५३ लाख रुपैयाँ नाफा कमाएको हो । तेस्रो स्थानमा रहेको आइसीएफसीले पनि ४ करोड ८९ लाख रुपैयाँ नाफा कमाएको छ ।
यता, श्री इन्भेष्टमेन्टले ३ करोड ५७ लाख, नेपाल सेयर मार्केट एण्ड फाइनान्सले २ करोड ८ लाख, मल्टीपर्पस फाइनान्स १ करोड ९३ लाख, क्यापिटल मर्चेन्ट बैंकिङ्ग एण्ड फाइनान्सले १ करोड ५३ लाख रुपैयाँ नाफा कमाएको छ । यस्तै, बेष्ट फाइनान्स ३९ लाख र नेपाल फाइनान्सले १२ लाख रुपैयाँ नाफा कमाएका छन् ।
कुन कुन हुन् घाटा चलिहरेका फाइनान्स कम्पनीहरु ?
समिक्षा अवधिमा आधा दर्जन फाइनान्स कम्पनीहरु घाटामै छन् । फाइनान्स कम्पनीहरुको खराब कर्जा नियन्त्रण नहुँदा नै घाटामा पुगेका छन् ।
सबैभन्दा धेरै घाटा पोखरा फाइनान्सले व्यहोरेको छ । बैशाखसम्म आइपुग्दा कम्पनी १७ करोड ३३ लाख रुपैयाँ नोक्सानीमा देखिएको छ । यता, समृद्धि फाइनान्स पनि १३ करोड ३६ लाख बढी घाटामा छ ।
त्यसैरि गुडविल फाइनान्स ७ करोड ४८ लाख, प्रोग्रेसिभ फाइनान्स ६ करोड १४ लाख, सेन्ट्रल फाइनान्स ५ करोड २३ लाख, रिलायन्स ५ करोड २ लाख र गुहेश्वरी मर्चेन्ट बैंकिङ्ग पनि ४ करोड ९७ लाख रुपैयाँ नोक्सानीमा छन् ।