काठमाडौं मेयर शाक्यलाई पनि कोरोना संक्रमण « Arthapath.com
१५ भाद्र २०७७, सोमबार

काठमाडौं मेयर शाक्यलाई पनि कोरोना संक्रमण



काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यलाई कोरोना संक्रमण पुष्टि भएको छ । उनको दुई दिनअघि स्वाब परिक्षण गरिएकोमा सोमबार उनलाई कोरोना पुष्टि भएको हो ।

मेयर शाक्यकी पत्निलाई केहि दिनदेखी सञ्चो नभएपछि कोरोना परिषणका लागि स्वाब दिएका थिए । कोरोना परिक्षणमा उनकी पत्नीलाई कोरोना नदेखिएको तर मेयर शाक्यलाई कोरोना पोजेटिभ देखिएको मेयर शाक्यको सचिवालयले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस्