लुम्बिनी विकास बैंकका तीन जना संस्थापक सेयरधनीहरुको सेयर बिक्रीमा, कसले कतिमा बेच्दै ? « Arthapath.com
१६ असार २०८१, आईतवार

लुम्बिनी विकास बैंकका तीन जना संस्थापक सेयरधनीहरुको सेयर बिक्रीमा, कसले कतिमा बेच्दै ?



काठमाडौं । लुम्बिनी विकास बैंकका तीन जना संस्थापक सेयरधनीहरुले आफ्नो नाममा रहेको सेयर बिक्री गर्ने भएको छ ।

बैंकका संस्थापक सेयरधनीले शिवराज आचार्य २३ हजार ५२३ कित्ता, गोपाल प्रसाद बास्तोला १५ हजार र सुवास महर्जनको नाममा रहेको ४ हजार ७७६ कित्ता संस्थापक सेयर बिक्री गर्न लागेको हो । उक्त सेयरको बिक्री मूल्य भने तोकिएको छैन।

उक्त सेयर खरिद गर्न इच्छुक बैंकका विद्यमान संस्थापक सेयरधनीहरुले आवेदन दिन सक्नेछन् । आजैका मिति ( असार १६ गते) ले ३५ दिनभित्र विवरण खुलाई बैंकको प्रधान कार्यालयमा लिखित जानकारी गराउन सक्नेछन् ।

तोकिएको सो अवधिमा कुनै पनि विद्यमान संस्थाहरुले आवेदन नदिएको खण्डमा भने कानुन बमोजिम अन्य बिक्री प्रक्रिया अघि बढाइने बैंकले जनाएको छ।


प्रतिक्रिया दिनुहोस्