असार ३० गतेदेखि एकीकृत सुरु गर्दै साधाना र सबैको लघुवित्त

काठमाडौं । साधाना र सबैको लघुवित्त वित्तीय संस्थाले एकीकृत कारोबारका लागि मिति तय गरेका छन् ।
यी दुई कम्पनी एक आपसमा मर्ज भएर आगामी असार ३० गतेबाट एकीकृत कारोबार गर्न लागेका हुन् ।
सम्पदा लघुवित्त वित्तीय संस्था लिमिटेड को नामबाट एकीकृत कारोबार गर्न नेपाल राष्ट्र बैंकले असार १३ गते अन्तिम स्वीकृति दिएको थियो ।
यी दुई कम्पनीले वैशाख १२ गते मर्जरका लागि अन्तिम सम्भौतापत्रमा हस्ताक्षर गरेका थिए । यी दुई कम्पनी समान हैसियत अर्थात् १ः१ अनुपातमा मर्ज हुन लागेका हुन् ।