श्री एयरलाइन्सद्धारा काठमाडौँ–पोखरा उडान सुरु - Arthapath.com Arthapath.com
५ श्रावण २०८३, मंगलबार

श्री एयरलाइन्सद्धारा काठमाडौँ–पोखरा उडान सुरु



काठमाडाडौं । श्री एयरलाइन्सले काठमाडौं–पोखरा उडान थालेको छ। श्री ले शुक्रबारबाट पोखरामा टर्वोपर्प जहाजबाट उडान भर्न सुरु गरेको हो। श्रीले छिट्टै सिमरा पनि उडान सुरु गर्ने पनि जनाएको छ।

८० सिट क्षमताको ड्यास एट क्यु ४०० जहाजले काठमाडौं–पोखरा–काठमाडौं दैनिक २ वटा उडान गर्नेछ। कम्पनीले ड्यास एट क्यु ४०० थप तीन वटा खरिद गर्ने श्रीका प्रबन्धक अनिल मानन्धरले बताए।

श्रीले ६ वटा जहाजबाट यसअघि भैरहवा, विराटनगर, जनकपुर, भद्रपुर, धनगढी, नेपालगञ्ज हवाई सेवा दिँदै आएको छ। श्रीले पोखरा दैनिक ५ वटा उडान गर्ने तयारी पनि गरेको छ।


प्रतिक्रिया दिनुहोस्