दुई कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम मौका, कसको बोनस र नगद कति ? - Arthapath.com Arthapath.com
५ श्रावण २०८३, मंगलबार

दुई कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम मौका, कसको बोनस र नगद कति ?



काठमाडौं । आज अर्थात् असोज ६ गते दुई कम्पनीको लाभांश सुरक्षित गर्ने अन्तिम दिन रहेको छ ।

सीईडिबि हाइड्रोपावर एण्ड डेभलपमेन्ट कम्पनी र ओरियण्टल होटलको लाभांश सरक्षित गर्ने आज अन्तिम मौका हो । साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि यी दुई कम्पनीहरुले भोली अर्थात असोज ७ गते बुकक्लोज गर्ने भएका छन् । सोही अनुसार आजसम्म नेप्सेमा कारोबार भइ कायम सेयरधनीहरुले कम्पनीहरुको साधारण सभामा भाग लिन र लाभांश प्राप्त गर्न सक्नेछन् ।

सीइडीबी हाइड्रोपावरले यो वर्ष ११ प्रतिशतका दरले बोनस सेयर वितरण गर्ने गर्ने भएको छ । यसका साथै कम्पनीले बोनस सेयर वितरणपश्चात ५४.५ प्रतिशत हकप्रद सेयर निष्कासन गर्ने घोषणा गरेको छ । सो प्रस्ताव पारित गर्न कम्पनीले असोज २१ गते, कालिमाटी ब्याङ्क्वेट, कालिमाटी, काठमाडौँमा वार्षिक साधारण सभा बोलाएको छ। सो सभा बिहान १० बजे शुरु हुनेछ।

यता, ओरियन्टल होटल्सले पनि चुक्ता पूँजीको ५ प्रतिशतका दरले बोनस सेयर र सोको कर प्रयोजनार्थ ०.२६३१६ प्रतिशतका दरले नगद लाभांश दिने घोषणा गरेको छ ।
उक्त लाभांश पारित गर्न कम्पनीले असोज २० गते, नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठान, जावलाखेल, ललितपुरमा २७ औँ वार्षिक साधारण सभा बोलाएको छ।


प्रतिक्रिया दिनुहोस्