गरिमा विकास बैंकको ४ लाख २५ हजार कित्ता संस्थापक सेयर बिक्रीमा, कसले दिन पाउछन् आवेदन ?

काठमाडौं । गरिमा विकास बैंकले ४ कित्ता बढी संस्थापक सेयर बिक्री गर्न लागेको छ । बैंकका केही संस्थापक सेयरधनीहरुले आफ्नो स्वामित्वमा रहेको ४ लाख २५ हजार १५६.६७ कित्ता सेयर बिक्री गर्न लागेका हुन् ।
बैंकले यसअघि विद्यमान संस्थापक सेयरधनीलाई प्राथमिकतामा राखी सो सेयर बिक्रीमा ल्याएको थियो । तर, तोकिएको समयमा विद्यमान संस्थापकहरुबाट केही सेयरका लागि मात्रै आवेदन परेको थियो । त्यसपछि बाँकी संस्थापक सेयरलाई जो कोहीले पनि खरिद गर्न मिल्ने गरि बिक्री गर्न लागेको बैंकले जनाएको छ ।
उक्त सेयर खरिदका लागि व्यक्ति तथा संस्थाहरुले आजैका मितिले १५ दिन भित्र बैंकको केन्द्रिय कार्यालय लाजिम्पाटमा निवेदन पेश गर्नुपर्नेछ ।