गौतमबुद्ध विमानस्थलमा तीन अन्तर्राष्ट्रिय एयरलाइन्सले उडान गर्दै, उडान कार्यतालिका कस्तो ? « Arthapath.com
२८ आश्विन २०८१, सोमबार

गौतमबुद्ध विमानस्थलमा तीन अन्तर्राष्ट्रिय एयरलाइन्सले उडान गर्दै, उडान कार्यतालिका कस्तो ?



काठमाडौं । गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा तीन अन्तर्राष्ट्रिय एयरलाइन्स कम्पनीले उडान सञ्चालन गर्ने भएका छन् ।

निर्माण सम्पन्न भएपनि निकै लामो समयदेखि व्यवसायिक अन्तर्राष्ट्रिय उडान हुन नसकेको थिएन । तर, अब भने तीन अन्तर्राष्ट्रिय एयरलइन्सले व्यावसायिक उडान सञ्चालन गर्ने भएका हुन् ।

तीन वटा मध्ये २ वटा एयरलाइन्सको उडान भने निश्चित भएको छ । अब एउटाको मात्रै बाँकी छ । उडान सञ्चालनका लागि आवश्यक पर्ने अध्यागमन, भन्सार, सुरक्षा लगायतका व्यवस्थापकीय काम दुरुस्त अवस्थामा राखिएको छ ।

गौतमबुद्ध विमानस्थलमा कुवेतको जजीरा, दुवईको राष्ट्रिय ध्वजावाहक फ्लाई दुबई र थाइ एयर एशियाले उडान गर्न लागेका हुन् । उडानका लागि यी तीनै वटा एयरलाइन्सले नेपाल नागरिक उड्डयन प्राधिकरणबाट अनुमति पनि लिइसकेका छन् ।

फ्लाई दुवईले आगामी कात्तिक २४ गतेदेखि नियमित उडान सुरु गर्नेछ । हप्ताको सातै दिन फलाई दुबईले दुबई–भैरहवा र भैरहवा–काठमाडौँ–दुबई उडान गर्न लागेको हो ।

फलाई दुबईको विमान दुबईबाट दिउँसो १ः४५ बजे भैरहवा आएर ३ः३० बजे काठमाडौँस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै दुबई जाने तालिका छ ।

यस्तै जजीरा एयरले कात्तिक १२ गतेदेखि पुनः उडान सञ्चालन गर्ने भएको छ । जजिराले सातामा मङ्गलबार, बिहीबार र शनिबार गरि तीन दिन उडान भर्ने तालिका छ । जजीराले यसअघि १० महिना उडान गरेर स्थगित गरेको थियो । जजीराको विमान बिहान ७ः३० बजे भैरहवा आउने छ । त्यसपछि ८ः३० बजे कुवेत फर्किने तालिका छ ।

यता, थाई एयर एसियाले अब छिट्टै नै उडान भर्ने योजनामामा छ । चाँडै नै गौतमबुद्ध विमानस्थलमा उडान गर्ने योजना बनाए पनि एयरलाइन्सले कहिलेबाट उडान सुरु गर्ने भन्ने निश्चित भइसकेको छैन् ।


प्रतिक्रिया दिनुहोस्