हाथवे इन्भेष्टमेन्टको लाभांश सुरक्षित गर्ने आज अन्तिम मौका

काठमाडौं । हाथवे इन्भेष्टमेन्ट नेपालको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ। कम्पनीले साधारणसभा तथा लाभांश वितरण प्रयोजनार्थ भोली अर्थात कात्तिक ७ गते बुकक्लोज गर्दैछ। त्यसैले आजसम्म नेप्सेमा कारोबार भइ कायम सेयरधनीहरु कम्पनीको साधारणसभामा भाग लिन र कम्पनीले वितरण गर्ने लाभांश प्राप्त गर्न योग्य हुनेछन्।
कम्पनीले लाभांशसहित विभिन्न प्रस्ताव पारित गर्न आगामी कात्तिक २५ गते, आइतबार, आम्रपाली ब्याङ्केट, काठमाडौँमा १६ औँ वार्षिक साधारणसभा गर्दैछ ।
कम्पनीले हाल चुक्ता पूँजीको १० प्रतिशतका दरले बोनस सेयर र सोको कर प्रयोजनार्थ ०.५२६ प्रतिशतका दरले नगद लाभांश वितरण गर्दैछ ।