कतार एयरवेजले मंगलबारदेखि गौतमबुद्ध अन्तर्राष्ट्रिय विमास्थलबाट नियमित उडान भर्ने
काठमाडौं । भोलि अर्थात् कात्तिक २७ गते मंगलबारदेखि कतार एयरवेजले गौतमबुद्ध अन्तर्राष्ट्रि विमानस्थलबाट नियमित उडान भर्ने भएको छ ।
एयरवेजले भोलिेदेखि दोहा कतार–भैरहवा–काठमाडौं– दोहा दैनिक उडान गर्ने भएको हो ।
नेपाल नागरिक उड्डयन प्राधिकरणका अनुसार दोहाबाट उडान भर्ने एयरवेजको विमान प्रत्येक दिन २ः४५ मा भैरहवामा अवतरण गर्नेछ । भैरहवाबाट ४.४५ बजे काठमाडौं हुँदै दोहा प्रस्थान गर्नेछ ।













