दोहोरो अंकले बढ्यो नागरिक लगानी कोषको नाफा, इपिएस कति ?

काठमाडौं । नागरिक लगानी कोषको नाफा दोहोरो अंकले वृद्धि भएको छ । तीन महिनामा कोषमा ३० करोड बढी खुद नाफा कमाएको छ ।
कोषले बुधवार प्रकाशन गरेको चालु आर्थिक वर्ष पहिलो त्रैमासको वित्तीय विवरणले यस्तो देखाएको हो । समिक्षा अवधिमा कोषको नाफा १३.६२ प्रतिशत वृद्धि भई ३० करोड ९ लाख रुपैयाँ पुगेको छ । गत आवको पहिलो त्रैमासमा कोषले २६ करोड ४८ लाख ९५ हजार रुपैयाँ खुद नाफा कमाएको थियो ।
कोषको कुल आम्दानी १२.६० प्रतिशत वृद्धि भई ५१ करोड ७० लाख रुपैयाँ पुगेको छ । यसरी आम्दानी बढेसँगै कोषका नाफामा बढोत्तरी देखिएको हो । यद्यपि, कोषको ब्याज आम्दानी भने सामान्य (३.७९ प्रतिशत) घटेर ११ करोड ९८ लाख रुपैयाँ कायम भएको छ ।
यता, कोषको कुल खर्च पनि ९.१९ प्रतिशत वृद्धि भएको देखिन्छ । सो अवधिमा कोषका कुल खर्च ११ करोड ५७ लाख रुपैयाँ पुगेको छ ।
हाल कोषको चुक्ता पुँजी ६ अर्ब ५ करोड ७६ लाख रुपैयाँ छ भने जगेडा कोषमा १८ अर्ब ३४ करोड १६ लाख रुपैयाँ छ ।
हाल कोषको प्रतिसेयर आम्दानी (इपिएस) १९.८७ रुपैयाँ छ भने प्रतिसेयर नेटवर्थ १५७.४२ रुपैयाँ छ ।