चन्द्रागिरी हिल्सको नाफा १९ प्रतिशत वृद्धि बढ्यो, तीन महिनामै साढे २ करोड « Arthapath.com
३० कार्तिक २०८१, शुक्रबार

चन्द्रागिरी हिल्सको नाफा १९ प्रतिशत वृद्धि बढ्यो, तीन महिनामै साढे २ करोड



काठमाडौं । चन्द्रागिरी हिल्सको नाफा १९ प्रतिशत वृद्धि भएको छ । कम्पनीले तीन महिनामै साढे साढे २ करोड नाफा कमाएको छ ।

चालु आर्थिक वर्षको पहिलो त्रैमासमा कम्पनीको नाफा १९.४५ प्रतिशत वृद्धि भई २ करोड ५५ लाख २९ हजार रुपैयाँ पुगेको छ । गत आवको पहिलो त्रैमासमा कम्पनीले २ करोड १३ लाख रुपैयाँ नाफा कमाएको थियो ।

समिक्षा अवधिमा कम्पनीले १९ करोड ५८ लाख ७५ हजार रुपैयाँ आम्दानी गरेको छ । यद्यपि, यो गत आवको तुलनामा भने ४.९९ प्रतिशत कमी हो । यस्तै, कम्पनीको कुल आम्दानी पनि घटेर १६ करोड ९६ लाख रुपैयाँ पुगेको छ । समिक्षा अवधिमा कम्पनीको कुल खर्च पनि ४.०६ प्रतिशत घटेर ७ करोड ५ लाख ९१ हजार रुपैयाँ कायम भएको छ । यसरी खर्च घटसँगै नाफा बढ्न पुगेको हो ।

कम्पनीको प्रतिसेयर आम्दानी १.६६ रुपैयाँ र प्रतिसेयर नेटवर्थ ९७.०६ रुपैयाँ छ ।

हाल कम्पनीको चुक्ता पुँजी १ अर्ब ५३ करोड ४० लाख रुपैयाँ छ । तर, कम्पनीको जगेडा तथा कोष भने ४ करोड ५१ लाख रुपैयाँ ऋणात्मक देखिएको छ ।


प्रतिक्रिया दिनुहोस्