विकास बैंकमै पहिलो म्युचुअल फण्ड आजदेखि बिक्री गर्दै मुक्तिनाथ, कति र कहिलेसम्म दिने आवेदन ?

काठमाडौं । मुक्तिनाथ विकास बैंकले प्रवर्ध्दन गरेको मुक्तिनाथ क्यापिटलले विकास बैंक पहिलो म्युचुअल फन्ड निष्कासन गर्ने भएको छ । क्यापिटलले आज अर्थात् मंसिर २० गतेदेखि म्युचुअल फन्ड योजना निष्कासन तथा बिक्री खुला गर्न लागेको हो ।
मुक्तिनाथ म्युचुअल फन्ड अन्तर्गत प्रतिइकाई १० रुपैयाँका दरमा ‘मुक्तिनाथ म्युचुअल फन्ड १’ को १० करोड इकाई बिक्री गर्न लागेको हो ।
कुल योजनाको आकारमध्ये १५ करोड रुपैयाँ बराबरको इकाई मुक्तिनाथ विकास बैंक तथा मुक्तिनाथ क्यापिटललाई छुट्याइएको छ । बाँकी रहेको ८५ करोड रुपैयाँ बराबरको ८ करोड ५० लाख इकाई सार्वजनिक निष्काशन हुने क्यापिटलले जनाएको छ ।
१ ईकाइको १० रुपैयाँका दरले मूल्य निर्धारण गरिएको छ । नेपालमा कानून अनुसार नै १ ईकाइको १० रुपैयाँ मूल्य बराबरले योजनाका ईकाइहरु बेच्नुपर्ने व्यवस्था छ । यो योजनामा सहभागि हुने सर्वसाधारण लगानीकर्ताले कम्तिमा १ हजार रुपैयाँ लगानी गर्नुपर्ने हुन्छ ।
यसको अधिकतम सीमा चाहीँ १० करोड रुपैयाँ छ । अर्थात् सो फन्डमा न्यूनतम १०० इकईदेखि अधिकतम १ करोड इकाईसम्म आवेदन दिन सकिनेछ । आवेदन छिटोमा मंसिर २४ गतेसम्म र ढिलोमा पुस ९ गतेसम्म आवेदन दिन सकिनेछ ।
लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट आश्वा अनुमति लिएका सम्पूर्ण बैंक तथा वित्तीय संस्था तथा मेरो सेयर वेब तथा एपबाट पनि आवेदन दिन सक्नेछन् ।