विकास बैंकको नाफा साढे ३१% बढ्यो: नाफामा मुक्तिनाथ नै पहिलो, गरिमा र शाइन रेसुङ्गाको प्रतिस्पर्धा « Arthapath.com
२५ मंसिर २०८१, मंगलवार

विकास बैंकको नाफा साढे ३१% बढ्यो: नाफामा मुक्तिनाथ नै पहिलो, गरिमा र शाइन रेसुङ्गाको प्रतिस्पर्धा



काठमाडौं । विकास बैंकको नाफा साढे ३१ प्रतिशत वृद्धि भएको छ । राष्ट्रिय स्तरका विकास बैंकले चार महिनामा २ अर्ब नाफा कमाएका छन् ।

नेपाल राष्ट्र बैंकले उपलब्ध गराएको चालु आर्थिक वर्ष २०८१–८२ को पहिलो चार महिनाको तथ्याङ्कले यस्तो देखाएको हो ।

चालु आवको कात्तिक मसान्तसम्मको आठ विकास बैंकले २ अर्ब ३ करोड ११ लाख रुपैयाँ नाफा कमाएका छन् । यो गत आवको सोही अवधिको तुलनामा भने ३१.४३ प्रतिशत बढी हो । गत आवको सो अवधिमा बैंकहरुले १ अर्ब ५४ करोड ५४ लाख बढी नाफा कमाएका थिए ।

समिक्षा अवधिमा ज्योति विकास बैंक बाहेकको नाफा उच्च दोहोरो अंकले वृद्धि भएको छ । ज्योति विकासको नाफा ९४.०७ प्रतिशत घटेर ६६ लाख रुपैयाँमा समित भएको छ । गत आवको पहिलो चार महिनामा बैंकले ११ करोड २० लाख बढी नाफा कमाएका थियो ।

चालु आवको चार महिनामा सर्वाधिक नाफा मुक्तिनाथ विकास बैंकले कमाएको छ । सो अवधिको नाफा ३३.६८ प्रतिशत वृद्धि भई ४२ करोड २४ लाख रुपैयाँ पुगेको छ । गत आवको पहिलो चार महिनामा मुक्तिनाथले ३१ करोड ६० लाख रुपैयाँ नाफा कमाएको थियो ।

नाफा रकमको आधारमा दोस्रो सूचीमा भने गरिमा विकास बैंक रहेको छ । बैंकले चार महिनामा ३६ करोड ८४ लाख रुपैयाँ नाफा कमाएको छ । यो नाफ गत आवको तुलनामा भने ५३.६ प्रतिशत बढी हो । यस्तै, तेस्रो सूचीमा रहेको शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकले ३५ करोड ४३ लाख रुपैयाँ नाफा कमाएको छ । यो नाफा गत आवको तुलनामा भने४१.४४ प्रीतशत बढी हो ।


यस्तै, लुम्बिनी विकास बैंकले पनि चार महिनामा २९ करोड ३७ लाख, कामना सेवाले २४ करोड ७१ लाख, महालक्ष्मी विकासले २० करोड १६ लाख र सांग्रिला डेभलपमेन्ट बैंकले १३ करोड ६८ लाख रुपैयाँ नाफा कमाएको छ । यी बैंकको नाफा गत आवको तुलनामा भने क्रमशः ६२.२६ प्रतिशत, ४४.४५ प्रतिशत, १७.४९ प्रतिशत र ३३.२४ प्रतिशत बढी हो ।


प्रतिक्रिया दिनुहोस्