पिपुल्स हाइड्रोपावरको हकप्रद सेयर संशोधन
काठमाडौं । पिपुल्स हाइड्रोपावरको हकप्रद सेयर संशोधन भएको छ । कम्पनीको १६औँ वार्षिक साधारणसभाले चुक्ता पूँजीको २ बराबर १ अनुपातमा हकप्रद सेयर निष्काशन गर्ने निर्णय गरेको थियो।
तर उक्त हकप्रद सेयर संशोधन भएको छ । कम्पनीको पुस ४ गते बसेको सञ्चालक समितिको बैठकले १ बराबर १ अनुपातमा हकप्रद सेयर निष्काशन गर्ने निर्णय गरेको हो।
कम्पनीले सो हकप्रद सेयर १७ औँ वार्षिक साधारणसभाले पारित गरेपश्चात निष्काशन गर्नेछ।













