मन्दाकिनी हाइड्रोपावरले हकप्रद निष्काशन गर्ने, बिक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल « Arthapath.com
२ श्रावण २०८३, शनिबार

मन्दाकिनी हाइड्रोपावरले हकप्रद निष्काशन गर्ने, बिक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल



काठमाडौं । मन्दाकिनी हाइड्रोपावरले हकप्रद निष्काशन गर्ने भएको छ । कम्पनीले हकप्रद सेयर निष्काशन गर्नको ग्लोबल आइएमई क्यापिटललाई निष्काशन तथा बिक्री प्रबन्धक नियुक्त गरेको छ ।

मन्दाकिनी हाइड्रोपावरको तर्फबाट सञ्चालक समितिका अध्यक्ष शरद कुमार दाहाल र ग्लोबल आइएमई क्यापिटलको तर्फबाट प्रमुख कार्यकारी अधिकृत मन्दिप लुइँटेलले सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् ।

कम्पनीको २०८१ मंसिर ७ गते सम्पन्न भएको एघारौं वार्षिक साधारणसभाबाट पारित भएको चुक्तापूँजीको १२५ प्रतिशत अर्थात् १:१.२५ अनुपातमा हकप्रद सेयर निष्काशन गर्नको लागि उक्त सम्झौता सम्पन्न भएको हो ।

यस कम्पनीले प्रवर्द्धन गरेको सार्दीखोला जलविद्युत आयोजना कास्की जिल्लाको माछापुच्छ्रे गाउँपालिकामा रहेको छ । आयोजनाबाट २०७४ मंसिरदेखि ४ मेगावाट बराबर विद्युत उत्पादन भइरहेको छ ।

हकप्रद सेयर जारी गरी कम्पनीले माथिल्लो सार्दिखोला जलविद्युत आयोजना (२.९ मेगावाट) निर्माण गर्ने तथा अन्य जलविद्युत परियोजनामा लगानी गर्ने योजना बनाएको छ । अब कम्पनीले आवश्यक प्रक्रिया पूरा गरेर नियामक निकाय नेपाल धितोपत्र बोर्ड (सेबोन)मा निवेदन दिएर स्वीकृति पाएपछि मात्रै हकप्रद सेयर निष्काशन गर्नेछ ।


प्रतिक्रिया दिनुहोस्