भक्तपुरका १२ जना कोरोना संक्रमित सम्पर्क विहीन « Arthapath.com
७ असार २०८२, शनिबार

भक्तपुरका १२ जना कोरोना संक्रमित सम्पर्क विहीन



काठमाडौं । भक्तपुरमा शनिवार सम्म कोरोना पोजेटिभ भएका १२ जना सम्पर्क विहिन भएका स्रोतले जनाएको छ ।

स्वास्थ्य कार्यालयकी जनस्वास्थ्य अधिकृत निष्ठा बल्लका अनुसार शनिबारसम्म भक्तपुर तोकिएर आएका १२ जना संक्रमित सम्पर्कमा नआएको जानकारी दिए ।

उनका अनुसार कसैको फोन नउठेको त कसैको फोन नम्बर गलत रहेकोले उनले जानकारी दिएकी छिन ।

शनिबार भक्तपुर जनिएरमा संक्रमण पुष्टि भएका दुईजनाको समेत ठेगाना स्पष्ट नखुलेको उनको भनाइ छ ।

यसरी सम्पर्क विहिन हुँदा उनीहरुबाट पनि समुदायमा कोरोना संक्रमण फैलन सक्ने सम्भावना अझ बढेको देखिन्छ ।


प्रतिक्रिया दिनुहोस्