स्वरोजगार लघुवित्तको लाभांश घोषणा, बोनस कति ?

काठमाडौं । स्वरोजगार लघुवित्तले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ ।
संस्थाले हाल कायम चुक्ता पूँजीको १४.६२ प्रतिशत लाभांश वितरण गर्ने भएको हो । जस मध्येमा १३.८९ प्रतिशत बोनस सेयर र सोको कर प्रयोजनार्थ ०.७३१२ प्रतिशत नगद लाभांश छन् । संस्थाको फागुन २१ गते बुधबार बसेको सञ्चालक समितिको बैठकले लाभांश वितरण गर्ने घोषणा हो ।
नेपाल राष्ट्र बैंकबाट स्वीकृत भइ आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात सो लाभांश वितरण गरिनेछ।