एनआईसी एशिया बैंकले ७.७५ मै सेयर कर्जा दिने « Arthapath.com
३० भाद्र २०७७, मंगलवार

एनआईसी एशिया बैंकले ७.७५ मै सेयर कर्जा दिने



काठमाडौं । एनआईसी एशिया बैंकले ७.७५ प्रतिसत व्याजदरमै सेयर कर्जा दिन लागेको हो । बैंकले सर्वाधिक न्यूनतम ब्याजदरमा सेयर धितोमा राखेर सेयर कर्जा प्रवाह गर्न लागेको जनाएको छ ।

बैंकले ग्राहकहरुमा नेपालको बैंकिङ्ग क्षेत्रकै सर्वाधिक न्यूनतम ब्याजदर वार्षिक ७.७५ प्रतिशतमै सेयर कर्जा दिन लागेको हो । ग्राहकले नेप्सेमा सूचीकृत बैंक तथा वित्तीय संस्था, बीमा कम्पनी लगायत साधारण सेयर धितो राखेर १२० दिनको सेयरको ७० प्रतिशतसम्म कर्जा दिन लागेको जनाएको छ ।

बैंकले न्यूनतम १ करोड देखि अधिकतम १५ करोडसम्मको कर्जा दिने जनाएको छ । एनआइसि एसिया बैंकले ५० लाखसम्मको ओभरड्राफ्ट कर्जा समेत दिने जनाएको छ ।


प्रतिक्रिया दिनुहोस्