मँहगो प्याज नकिन्न वाणिज्य विभागको आग्रह

काठमाडौं । भारतले प्याजमा प्रतिवन्ध लगाएपछि नेपाली बजारमा मूल्य ह्वात्तै बढेको छ । तर सस्तोमा प्याज किनेको प्याज महँगोमा बेच्न थालेपछि अनुगमन पनि तिव्र पारिएको छ । यसैविच अनगमनका क्रममा विभिन्न पसललाई कारवाही पनि गरेको छ ।
यता वणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले केही दिन महँगो मूल्यमा प्याज नकिन्न उपभोक्तालाई आग्रह गरेको छ । बजारमा प्याजको कृत्रिम अभाव सिर्जना गरेर उपभोक्ता ठगी भइरहेको र विभागले कारबाही तीव्र बनाएकाले तत्कालै मँहगो मूल्यमा प्याज नकिन्न विभागले आग्रह गरेको हो ।
लुकाएको प्याज खोज्न र बढी मूल्य लिने पसलेललाई कारवाही गर्न स्थानीय तह, जिल्ला प्रशासन कार्यालय र विभाग पनि पूर्ण रुपमा लागेकाले केहि दिनमा यसको समाधान हुने विभागका निर्देशक एवम् सूचना अधिकारी रवीन्द्र आचार्यले बताए ।