बल्ल हुने भाे एफएनसिसिआईकाे चुनाव, मंसिर ११ र १२ मा गर्ने निर्णय « Arthapath.com
२ आश्विन २०७७, शुक्रबार

बल्ल हुने भाे एफएनसिसिआईकाे चुनाव, मंसिर ११ र १२ मा गर्ने निर्णय



काठमाडाैं । नेपाल उद्योग वाणिज्य महासंघको निर्वाचन आगामी मंसिर ११ र १२ गते काठमाडौँमा हुने भएकाे छ । आज शुक्रबार बसेकाे पदाधिकारी बैठकले सरकारसँग समन्वय गरी निर्वाचन मंसिरमा हुन लागेकाे हाे ।

काेराेनाकाे कारण गत चैत्रमा हुनुपर्ने साधारणसभा सर्दै आएकाे थियाे । सधारणसभाले महासंघको आगामी नेतृत्वकाे लागी निर्वाचन गर्नेछ।

शुक्रबार बसेकाे पदाधिकारी बैठकले साधारणसभा काठमाडौँमा संभव नभएपनि अनेत्र भएपनि गर्ने प्रश्ताव आएकाे एक पदाधिकारीले बताए ।

महासंघको साधारणसभा कोरोना भाइरसको जोखिकका कारण जेठ र साउन तय भएर पनि स्थिगत हुँदै म‌ंसिरमा गर्न मिति तय गरिएको हो।


प्रतिक्रिया दिनुहोस्