पाकिस्तानी एयरलाइन्सका लागि भारतीय हवाई क्षेत्र बन्द - Arthapath.com Arthapath.com
६ श्रावण २०८३, बुधबार

पाकिस्तानी एयरलाइन्सका लागि भारतीय हवाई क्षेत्र बन्द



एजेन्सी । भारतले पाकिस्तानी विमान कम्पनीहरूका लागि आफ्नो हवाई क्षेत्र बन्द गरेकाे छ । बुधबार भारतीय विमानस्थल प्राधिकरणले सूचना जारी गर्दै पाकिस्तानी जहाजहरुलाई भारतीय आकाशमा उडान प्रतिबन्ध लगाएको जानकारी दिएको हो ।

यो प्रतिबन्ध अप्रिल ३० देखि मे २३ सम्म रहने सूचनामा उल्लेख गरिएकाे छ । बिहीबार मध्याह्न १२ बजेदेखि उक्त निर्णय कार्यान्वयन हुने प्राधिकरणले जनाएकाे छ ।

पाकिस्तानको एयरलाइन उद्योगमा प्रतिबन्धको प्रभाव भारतको तुलनामा कम हुने सम्भावना छ। भारत पाकिस्तानबीच सिधा उडान छैन। पाकिस्तान एयरलाइन्सले सिंगापुर, मलेसिया र अरू पूर्वी एसियाका मुलुकहरूमा उडान गर्दा भारतीय आकाश प्रयोग गर्दै आएका छन्।

कश्मीरकाे पहलगाममा पर्यटकमाथि भएको आक्रमणमा २६ जनाको मृत्यु भएपछि भारत र पाकिस्तानबीच युद्धकाे आशंका गरिएकाे छ ।

गत हप्ता, पाकिस्तानले भारतीय स्वामित्वमा रहेका वा सञ्चालित एयरलाइन्सहरूका लागि आफ्नो हवाई क्षेत्र बन्द गर्‍यो, तेस्रो देशहरू मार्फत हुने सबै व्यापार स्थगित गर्‍यो भने भारतीय नागरिकहरूलाई जारी गरिएको विशेष दक्षिण एसियाली भिसा पनि राेकेकाे थियाे ।


प्रतिक्रिया दिनुहोस्