विश्वका १७ देशमा कोरोना संक्रमणबाट २ सय ४४ नेपालीको ज्यान गयो - Arthapath.com Arthapath.com
६ श्रावण २०८३, बुधबार

विश्वका १७ देशमा कोरोना संक्रमणबाट २ सय ४४ नेपालीको ज्यान गयो



काठमाडौं । कोरोना भाइरस कोभिड– १९ संक्रमणबाट विदेशमा थप १ जना नेपालीको ज्यान गएको छ ।

त्यस्तै साता अमेरिकामा थप एक जनाको ज्यान गएको गैरआवासीय नेपाली संघ अन्तर्गतको स्वास्थ्य समितिले उल्लेख गरेको छ ।

योसँगै हालसम्म विदेशका विभिन्न १७ देशमा संक्रमणका कारण मृत्यु हुने नेपालीको संख्या २ सय ४४ पुगेको छ ।
स्वास्थ्य समितिका अनुसार यो साता यूके, स्पेन र भारत, लगायतका देशमा कोरोना संक्रमणदर सामान्य रुपमा वृद्धि भएको छ ।

त्यस्तै यो साता ब्राजिल र युगाण्डामा पनि नयाँ संक्रमण देखा परेको छ । यो संगै हालसम्म विश्वका ४२ देशमा रहेका नेपालीहरु कोरोना भाइरसबाट संक्रमित भएका छन् ।


यस्तै विश्वभर १ लाख ८ सय ३१ जनामा नेपालीमा संक्रमण देखिएको छ भने ती मध्ये ७९ हजार ७ सय ८२ जना कोरोना निको भएका छन ।


प्रतिक्रिया दिनुहोस्