७ वटा प्रतिष्ठानको सरकारी लगानी व्यवस्थापन गरिने

काठमाडौं । सरकारले आधा दर्जन प्रतिष्ठानको सरकारी लगानी व्यवस्थापन गर्ने भएको छ ।
अघिल्लो सोमबार अर्थात् गत बैशाख १५ गते बसेको मन्त्रिपरिषदको बैठकले ७ वटा प्रतिष्ठानको सरकारी लगानी व्यवस्थापन गर्न स्वीकृत गर्ने निर्णय गरेको हो ।
जनकपुर चुरोट कारखाना, गोरखकाली रबर उद्योग, उदयपुर सिमेन्ट उद्योग लिमिटेड, नेपाल मेटल कम्पनी लिमिटेड, हेटौंडा सिमेन्ट उद्योग, बुटवल धागो कारखाना लिमिटेड र नेपाल ओरियण्ड म्याग्नेसाइट प्रालिको सरकारी लगानी व्यवस्थापनका लागि अर्थमन्त्रालयलाई स्वीकृत प्रदान गर्ने भएको छ ।