भैरहवा विमानस्थलको निर्माण अध्ययन समितिमा बस्न योगेश भट्टराईले गरे अस्विकार

काठमाडाैं । भैरहवा विमानस्थलको निर्माण अध्ययन समितिमा बस्न योगेश भट्टराईले गरे अस्विकार गरेका छन् । आइतबार सार्वजनिक लेखा समितिको बैठकमा उनले विगतमा सम्बन्धित मन्त्रालयको जिम्मेवारीमा रहेको व्यक्ति त्यही छानबिन समितिमा बस्न उपयुक्त नहुने बताए ।
आफ्नो नेतृत्वको विषयमा समेत प्रश्न उठेपछि आफूले संयोजक रहन नचाहेको उनको भनाइ छ । । यो उपसमिति एमाले सचिव एवं सांसद योगेश भट्टराई रहँदै आएका छन् । तर, उनी विगतमा पर्यटनमन्त्री रहेको भनेर प्रश्न उठेपछि उनले आफू समितिमा नरहन तयार रहेको बताएका हुन् ।
भैरहवाको गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको अध्ययन–अनुगमन उपसमितिले आफ्नो प्रतिवेदन मूल समितिमा बुझाएको छैन । हाल यो उपसमितिमा सांसदहरू अमरेशकुमार सिंह, मनिष झा, अच्युतप्रसाद मैनाली, विक्रम पाण्डे, श्यामकुमार घिमिरे, मञ्जु खाँड र सराज अहमद फारुकी सदस्य छन् ।
२०८१ ऋसार १४ गते प्रतिनिधिसभा अन्तर्गतको सार्वजनिक लेखा समितिले भैरहवा र पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबारे अध्ययन गर्न छुट्टाछुट्टै संसदीय उपसमिति गठन गरेको थियो ।
पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको छानबिन गर्न गठित उपसमितिको संयोजकमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) अध्यक्ष राजेन्द्र लिङदेन नेतृत्वको उपसमितिले आफ्नो प्रतिवेदन मूल समितिमा बुझाइसकेको छ ।