समृद्धि फाइनान्सको स्वतन्त्र सञ्चालकमा अजय कुमार मिश्र नियुक्त

काठमाडौं । समृद्धि फाइनान्सको स्वतन्त्र सञ्चालकमा अजय कुमार मिश्र नियुक्त भएका छन् । वैशाख २५ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले मिश्रलाई स्वतन्त्र सञ्चालक नियुक्त गर्ने निर्णय गरेको हो ।
यस्तै सोही दिन बसेको बैठकले सञ्चालक सुजन अधिकारीको राजीनामा स्वीकृत समेत गरेको छ । अधिकारी नेपा पेट्रोलियम ट्रेड लिड्सको तर्फबाट सञ्चालक समितिमा प्रतिनिधित्व गर्दै आईरहेका थिए ।
बैठकले बाँकी कार्यकालका लागि रोशन पन्तलाई संस्थापक सेयरधनी एसजी अग्रनाइजेशनका तर्फबाट सञ्चालक नियुक्त गर्ने निर्णय समेत गरेको छ ।