उद्योग विस्तारमा एगेसिभ सर्वोत्तम सिमेन्टको नाफा ५ गुणा बढ्यो, सीमा पार व्यापारमा फोकस « Arthapath.com
१ जेष्ठ २०८२, बिहीबार

उद्योग विस्तारमा एगेसिभ सर्वोत्तम सिमेन्टको नाफा ५ गुणा बढ्यो, सीमा पार व्यापारमा फोकस



काठमाडौं । सर्वोत्तम सिमेन्टको नाफा झन्डै ५ गुणा बढेको छ । कम्पनीले ९ महिनामा ६० करोड बढी नाफा कमाएको छ ।

कम्पनीले बिहबिार प्रकाशन गरेको चालु आर्थिक वर्ष २०८१–८२ को तेस्रो त्रैमासिक वित्तीय विवरणले यस्तो देखाएको हो ।

समिक्षा अवधिमा कम्पनीको नाफा ४.९९ गुणा बढेर ६० करोड ३० लाख ३६ हजार रुपैयाँ पुर्याएको छ । जबकि, गत आवको तेस्रो त्रैमासमा कम्पनीले १२ करोड ७ लाख रुपैयाँ खुद नाफा कमाएको थियो ।

कम्पनीको आम्दानी पनि ४९.४० प्रतिशत बढेर ६ अर्ब ८१ करोड १४ लाख रुपैयाँ कायम भएको छ । गत आवको तेस्रो त्रैमासमा भने कम्पनीको यस्तो आम्दानी४ अर्ब ५५ करोड ९० लाख रुपैयाँ रहेको थियो ।

समिक्षा अवधिमा कम्पनीको वित्तीय खर्च पनि २५.५१ प्रतिशत घटेर २२ करोड ७० लाख रुपैयाँ कायम भएको छ । अन्य आम्दानी पनि ३०५.०६ प्रतिशत बढेर १२ करोड ४८ लाख रुपैयाँ कायम भएको छ ।

हाल कम्पनीको चुक्ता पुँजी ४ अबृ ९७ करोड ५५ लाख रुपैयाँ छ । कम्पनीको प्रतिसेयर आम्दानी पनि १२.७ रुपैयाँ बढेर १६.१६ रुपैयाँ छ । यता, प्रतिसेयर नेटवर्थ भने १९३.९३ रुपैयाँ छ ।

कम्पनीले तरलता लगायतका अन्य कुराहरु सन्तोषजनक जनाएको छ । उद्योगहरुको उत्पादन क्षमताको उपयोग वृद्धि गर्दै सञ्चालन गर्ने रणनीति अघि सारेको छ ।

उत्पादनमा लाग्ने लागत घटाउदै निरन्तर नेपाली भारतिय बजारमा उच्च गुणस्तरको सिमन्ट निर्यात गराउने लक्ष्यका साथ बजार विस्तार गरिरहेको कम्पनीले जनाएको छ ।

बजारमा आफ्नो व्राण्डको उपस्थित मजबुत बनाउदै लैजाने रणनिति सर्वोतम सिमेन्टको रहेको छ । सोही रणनीतिलाई कार्यान्यन गर्दै कम्पनीले आफ्नो सहायक कम्पनीहरु शुभ श्री जगदम्बा सिमेन्ट मिल्स लिमिटेड पर्सा, जगदम्बा शग सिमेन्ट ईण्डष्ट्रिज प्रा.लि रुपन्देही र झापामा रहेको सर्वोत्तम सिमेन्ट ईष्ट प्रा.लि. लाई सञ्चालनमा ल्याई उत्पादन तथा वितरणको सुरुवात गरिसकेको छ ।


प्रतिक्रिया दिनुहोस्