सेन्चुरी ब्रान्डका सामग्री बेच्ने दुगड कम्पनी : स्वादको यात्रा झनै आक्रामक, ६ महिनामै अर्ब बढीको व्यापार « Arthapath.com
११ जेष्ठ २०८२, आईतबार

सेन्चुरी ब्रान्डका सामग्री बेच्ने दुगड कम्पनी : स्वादको यात्रा झनै आक्रामक, ६ महिनामै अर्ब बढीको व्यापार



काठमाडौं । सेञ्चुरी ब्रान्डको सामग्री बेच्ने दुगठ कम्पनीले ६ महिनामै सवा अर्बको व्यापार गरेको छ ।

दुगड स्याइसेस एण्ड फुड प्रालि, सेन्चुरी ब्राण्डमार्फत नेपाली बजारमा स्वाद र गुणस्तरको अनौठो संगम प्रस्तुत गर्ने एक प्रतिष्ठित निर्माता हो ।

कम्पनीले चालु आर्थिक वर्ष (सन् २०२५–२६) को पहिलो ६ महिनामा १ अर्ब १८ करोड ५० लाख रुपैयाँको व्यापार गरेको छ ।

कम्पनीले परम्परागत मसला, स्वादिष्ट स्न्याक्स, मनमोहक नमकिन, झनै ताजा अचार, मिठासले भरिएको जामदेखि चकलेट र पौष्टिक ड्राई फ्रुटसम्म उत्पादन गर्छ । यस्तो फराकिलो उत्पादन श्रृखंलाले कम्पनीलाई विश्वासिलो नाम बनाएको छ ।

स्थापना भएदेखि नै दुगड स्याइसेसले स्वाद र स्वास्थलाई समेट्दै नेपाली परिकारलाई नयाँ उचाइमा पुर्याइरहेको छ । कम्पनी सन् १९९९ मा स्थापना भएको हो ।

गत वर्ष सन् २०२४ मा कम्पनीको कारोबार २ अर्ब १९ करोड ९० लाख रुपैयाँ बराबरको व्यापार गरेको थियो । कम्पनीको व्यापार अघिल्लो वर्षको तुलनामा २.९९ प्रतिशत भएको हो । सन् २०२३ मा कम्पनीले २ अर्ब १४ करोड २० लाख रुपैयाँ बराबरको व्यापार गरेको थियो ।

यो कम्पनीले वार्षिक १५ हजार ३० मेट्रिक टन उत्पादन गर्छ । नेपालमा मात्र होइन, कम्पनीका उत्पादन विदेशमा समेत बिक्री वितरण भइरहेका छन् ।

हाल कम्पनीको अध्यक्ष मोतिलाल दुगड छन् । कम्पनीले दीर्घकालीन तथा अल्पकालीन कर्जाका लागि १ अर्ब रुपैयाँको क्रेडिट रेटिङ पनि पाएको छ ।

कम्पनीले उत्पादनमा आवश्यक कच्चा पदार्थ भारत, मलेसिया, इन्डोनेसिया र नेपालबाट आयात गर्छ । सन् २०२५ को आम्दानीमा ७७ प्रतिशत हिस्सा कच्चा पदार्थमा खर्च भएको छ । दुगड स्याइसेस एण्ड फुड प्रालि निरन्तर नयाँ उत्पादन र बजार विस्तारमा केन्द्रित छ ।


प्रतिक्रिया दिनुहोस्