नक्कली प्रहरी बनेर रकम असुल्ने तीन जना पक्राउ « Arthapath.com
२९ माघ २०७६, बुधबार

नक्कली प्रहरी बनेर रकम असुल्ने तीन जना पक्राउ



काठमाडौं । नक्कली प्रहरी बनेर रकम असुल्ने ३ जनालाई प्रहरीले पक्राउ गरेको छ । बझाङ्ग खप्तडछान्ना गाउँपालीका १ घर भई धनगढी उप–महानगरपालिका ७ मनहेरा बस्ने ३२ बर्षीय सनम भण्डारी, धनगढी उप–महानगरपालिका ५ हसनपुर बस्ने बर्ष ३५ का गौरव हमाल र कन्चनपुर पुनर्वास नगरपालिका ५ घर भई धनगढी उप–महानगरपालिका १ बस्ने बर्ष ३३ का किशन सिजापती रहेको प्रहरी ले जनाएको छ ।

माघ २ गते धनगढी उप–महानगरपालिका ३ बडहरा घर भइ मिलनचोक स्थित चन्द्रभान शर्माले संचालन गरेको रिक्सा, साईकल मर्मत पसलबाट उनीहरुले रकम असुली गरेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस्