मनसुनमा हेलिकप्टर उडानका लागि क्यानले जारी गर्‍यो नयाँ सेड्युल « Arthapath.com
१८ जेष्ठ २०८२, आईतबार

मनसुनमा हेलिकप्टर उडानका लागि क्यानले जारी गर्‍यो नयाँ सेड्युल



काठमाडौं । मनसुन सिजनको सुरुवातसँगै नेपाल नागरिक उड्डयन प्राधिकरणले हेलिकप्टर उडानसम्बन्धी नयाँ निर्देशिका लागू गरेको छ। समुन्द्री सतहदेखि १२,००० फिट उचाइसम्मका उडानका लागि अब दुई जना पाइलट अनिवार्य गरिएको छ।

तर, विशेष दुई गन्तव्य हिल्सा र केरुङमा भने यो नियम केही लचिलो बनाइएको छ। यी दुबै स्थानको उचाइ १०,००० फिटभन्दा कम भएकाले त्यहाँ एकजना पाइलटकै उडान अनुमति दिइने उल्लेख गरिएको छ।

प्राधिकरणले यसपटक स्वास्थ्य सामग्री ढुवानी तथा उद्धार उडानका लागि भने पूर्ववत् रुपमा नै एक पाइलटको उडानलाई अनुमति दिँदै आएको छ। साथै, प्राधिकरणले पाइलट तालिम र तालिकाको व्यवस्थापनका लागि सम्बन्धित कम्पनीहरूलाई १५ दिन अगाडि नै जानकारी गराउन अनुरोध गरेको छ।


प्रतिक्रिया दिनुहोस्