बेष्ट फाइनान्सले डाक्यो साधारण सभा, मर्जरको पनि एजेन्डा

काठमाडौं । बेष्ट फाइनान्सले साधारण सभाका लागि मिति तय गरेको छ । कम्पनीले आउँदो असार १८ गते वार्षिक साधारण सभा गर्ने भएको छ ।
सभामा अन्य कम्पनीसँग गाभ्ने, गाभिने तथा प्राप्तिसम्बन्धी कार्य गर्न तथा प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्ताव रहेको छ ।
सभामा आर्थिक वर्षको वार्षिक प्रतिवेदन तथा नाफा नोक्सान हिसाव र नगद प्रवाह विवरण लगायतका वित्तीय विवरणमा छलफल गरी पारित हुनेछ ।
यस्तै, सोही सभाले चालु आर्थिक वर्ष २०८१–८२ को लागि लेखापरिक्षक नियुक्त गर्नेछ ।सभा प्रयोजनका लागि कम्पनीले कम्पनीले जेठ २५ गते बुक क्लोज गर्ने भएको छ ।