लायन्स क्लबको प्रथम क्याबिनेट बैठक साउन ३२ गते १०० नयाँ क्लबको उद्घाटन हँुदै « Arthapath.com
२२ श्रावण २०७६, बुधबार

लायन्स क्लबको प्रथम क्याबिनेट बैठक साउन ३२ गते १०० नयाँ क्लबको उद्घाटन हँुदै



काठमाडौं÷ लायन्स क्लब इन्टरनेसनल ३२५ बी १ को पहिलो डिस्ट्रिक्ट इन्सरनेशनल तथा यस वर्षको प्रथम क्याबिनेट मिटिङ मिति २०१९ अगस्ट १७ अर्थात् २०७६ साउन ३२ गते शनिबार ग्रिनल्यान्ड वैंक्वेट, थानकोटमा हुने भएको छ । १०२औँ अन्तर्राष्ट्रिय कन्भेन्सनमा एकैपटक ८४ वटा नयाँ क्लब खोलेर संसारकै नम्बर १ हुन सफल लायन इन्दु लम्सालद्वारा नेतृत्व गरिएको डिस्ट्रिक्टको प्रथम क्याबिनेट मिटिङलाई विशेष महत्वका साथ हेरिन्छ । यो बैठकमा सयभन्दा धेरै नयाँ क्लबको समुद्घाटन गरिने र नयाँ क्लबका सबै संस्थापक अध्यक्षलाई सम्मान गरिने कार्यक्रम रहेको छ । विश्वभरि लायन्स क्लबलाई मानवीय सेवा र सामाजिक क्रियाकलापका निम्ति अब्बल मानिन्छ । नेपालमा महाभूकम्पका बेला पीडितलाई उद्धार गर्ने र राहत सामग्री वितरण गर्ने कार्यमा लायन्स क्लबका सदस्यहरूको भूमिका अग्र स्थानमा रहेको थियो । यस क्याबिनेट मिटिङले लायन्सहरूमा छुट्टै उत्साह ल्याउने विश्वास गरिएको छ । समारो मा सहभागी हुन देशभरिबाट दुई हजारभन्दा धेरै लायन्स सदस्य काठमाडौं आउँदै छन् । मिटिङमा सहभागी हुन प्रि रजिस्ट्रेसन कार्य सुरु भइसकेको र अन्य व्यवस्थापकीय कार्यहरूसमेत अन्तिम चरणमा पुगेको आयोजक लायन्स क्लब अफ काठमाडौं ग्लोबल टाउनका पूर्वअध्यक्ष तथा जोन चियर पर्सन अनुजकुमार श्रेष्ठले जानकारी दिए ।


प्रतिक्रिया दिनुहोस्